साफ यू–२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

साफ यू–२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • साफ यू–२० च्याम्पियनसिप : उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने

    काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै बंगलादेशले नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो। 

    निर्धारित समयको खेल १– १ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि भएको पेनाल्टी सुटआउटमा भारतीय खेलाडीको पहिलो र चौथो प्रहार बंगलादेशका गोलकिपर सब्रोनले विफल पार्दै आफ्नो टोलीलाई फाइनल पुर्याए। 

    यसअघि पहिलो सेमिफाइनलमा नेपालले पनि भुटानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।  फाइनल बुधबार दशरथ रंगशालामा हुनेछ। बंगलादेश र नेपाल यसअघि समूह चरणमा पनि भिडेका थिए। सो खेलमा नेपाल २–१ गोलले विजयी भएको थियो।

    गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij