युक्रेनको राजधानीलगायतका सहरमा रुसको आक्रमण

युक्रेनको राजधानीलगायतका सहरमा रुसको आक्रमण

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • युक्रेनको राजधानीलगायतका सहरमा रुसको आक्रमण

    काठमाडौं । रुसले युक्रेनको राजधानी किभ लगायतका सहरमा भिषण आक्रमण गरेको छ । १०० भन्दा बढी मिसाइल र करिब १०० ड्रोनले आक्रमण गरिएको युक्रेनका राष्ट्रपति भ्लेदोमिर जेलेन्स्कीले जनाएका छन् ।

    यो आक्रमणबाट युक्रेनका विभिन्न भागमा रहेका महत्वपूर्ण भौतिक पूर्वाधारमा क्षति पुगेको पनि उनले बताएका छन् ।

    रुसको आक्रमणमा ३ जनाको मृत्यु भएको युक्रेनले पुष्टि गरेको छ । उर्जामा पुगेको क्षति न्युनिकरण गर्न मर्मत कार्य जारी रहेको राष्ट्रपति जेलेन्स्कीले बताए ।

    उनले पश्चिमा निकट राष्ट्रलाई लामो–दूरी क्षमता भएको हतियार उपलब्ध गराइदिन आग्रह समेत गरेका छन् ।

    युक्रेनको महत्वपूर्ण उर्जा पूर्वाधारमा आक्रमण गरेको रुसी सेनाले जनाएको छ । युक्रेनी सेनालाई सहयोग गर्ने पूर्वधारलाई निशाना बनाएको रुसको दाबी छ ।

    केही हप्तायता युक्रेनी सेना रुसमा घुसेर गाउँ कब्जा गर्न लागेपछि तनाव बढ्ने अनुमान गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij