बंगलादेशमा आन्दोलनकारीद्वारा सर्वोच्च अदालत घेराउ, प्रधानन्यायाधीशले दिए राजीनामा

बंगलादेशमा आन्दोलनकारीद्वारा सर्वोच्च अदालत घेराउ, प्रधानन्यायाधीशले दिए राजीनामा

शनिवार, श्रावण २६ २०८१
शनिवार, श्रावण २६ २०८१
  • बंगलादेशमा आन्दोलनकारीद्वारा सर्वोच्च अदालत घेराउ, प्रधानन्यायाधीशले दिए राजीनामा

    काठमाडौं । बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । उनको राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत परिसर घेरेपछि प्रधानन्यायाधीश हसनले राजीनामा दिएका द डेली स्टारले जनाएको छ ।

    शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत परिसर पुगेका आन्दोलनकारीले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

    आन्दोलनकारीहरूले उनलाई राजीनामा गर्नका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए । अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गरेका छन् ।

    अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले हसनले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिएका थिए । हसनले सर्वोच्च अदालत, उच्च र तल्लो तहको अदालतका न्यायाधीशहरूको सुरक्षाका लागि आफूले राजीनामा दिएको बताएका छन् ।
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij