पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न बंगलादेशी राष्ट्रपतिको निर्देशन

पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न बंगलादेशी राष्ट्रपतिको निर्देशन

मंगलवार, श्रावण २२ २०८१
मंगलवार, श्रावण २२ २०८१
  • पूर्वप्रधानमन्त्री जियालाई रिहा गर्न बंगलादेशी राष्ट्रपतिको निर्देशन

    काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई कैदमुक्त गर्न निर्देशन दिएका छन् । 

    प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपति शहाबुद्दिनले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तुरुन्त रिहा गर्न आदेश दिएका हुन्।

    सोमबार राष्ट्रपतिले राखेको बैठकमा सेना प्रमुख जनरल वाकर–उज–जमान, नौसेना र वायुसेनाका प्रमुख र बीएनपी र जमात–ए–इस्लामी पार्टीलगायत विपक्षी दलका शीर्ष नेताहरू सहभागी थिए ।

    बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने निर्णय पनि गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि सोमबार अपराह्न सेना प्रमुखले सरकारी टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गरेर सेनाले कामचलाउ सरकार बनाउने बताएका थिए ।

    ७८ वर्षीया जियालाई सन् २०१८ मा भ्रष्टाचारको अभियोगमा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

    जिया सन् १९९१ मा बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । उनी सन् २००१ देखि २००६ सम्म पुनः प्रधानमन्त्री बनेकी थिइन् ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij