बङ्गलादेश छाडेर भारतको शरणमा पुगिन् शेख हसिना

बङ्गलादेश छाडेर भारतको शरणमा पुगिन् शेख हसिना

सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • बङ्गलादेश छाडेर भारतको शरणमा पुगिन् शेख हसिना

    काठमाडौं । हिंसात्मक प्रदर्शनपछि देश छोडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतल पुगेकी छिन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्री हसिनाको सरकारी आवासमा ढुंगामुडा गरेपछि शेख र उनको बाहिनी बंगलादेश छाडेर सुरक्षित स्थानमा गएको बीबीसी हिन्दीले जनाएको छ ।

    आज राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा कम्तिमा ६ जनाको मृत्यु भएको छ । जात्राबारी र ढाका मेडिकल कलेज क्षेत्रमा भएको प्रदर्शनमा सो मृत्यु भएको हो । कफ्र्यूको वेवास्ता गर्दै दशौं हजार बंगलादेशीहरू सडकमा उत्रिएका छन् । विद्यार्थी आन्दोलनको क्रममा बंगलादेशमा अहिलेसम्म कम्तिमा ३०० जनाको मृत्यु भइसकेको छ । आन्दोलन दबाउन गएको महिना सरकारले सेनालाई बोलाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij