पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डरले राखे राष्ट्रिय रेकर्ड

पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डरले राखे राष्ट्रिय रेकर्ड

मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डरले राखे राष्ट्रिय रेकर्ड

    काठमाडौं । पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डर शाहले एक सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन्।

    राष्ट्रिय रेकर्ड कायम गरे पनि उनी ५९ औं स्थानमा रहँदै पहिलो चरणबाटै बाहिरिएका छन्। हिट्स तीनमा रहेका उनले ५१.९१ सेकेण्डमा निर्धारित दूरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड सुधार गरेका हुन्।

    यसअघि एक सय मिटर फ्री स्टाइलमा एलेक्जेण्डरको नाममा ५२.१७ सेकेण्डको कीर्तिमान रहेको थियो।

    उनले सन् २०२४ को फेब्रुअरीमा दोहाको वर्ल्ड एक्वेटिक्स च्याम्पियनशीपमा उक्त रेकर्ड बनाएका थिए। यो टाइमिङमा उनी हिट्समा तेस्रो भए। कुल दशवटा हिट्सको प्रतिस्पर्धापश्चात् १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुगेका छन्। ७९ खेलाडी सहभागी प्रतिस्पर्धामा एलेक्सले २० खेलाडीलाई पछि पारे।

    जारी ओलम्पिक्समा भने नेपालले बनाएको यो पहिलो राष्ट्रिय रेकर्ड हो। लगातार दोस्रोपटक ओलम्पिक्स खेलेका एलेक्जेण्डरले टोकियो ओलम्पिक्समा पनि सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गरेका थिए। जहाँ उनले ५३.४१ सेकेण्डमा दूरी तय गर्दै ५९ औं स्थान प्राप्त गरेका थिए। गत ओलम्पिकको भन्दा योपटक उनले टाइमिङमा भने सुधार गरे।

    उनले दुवैपटक युनिभर्सल कोटाबाट ओलम्पिक्समा सहभागी भएका हुन्। तीनपटक वर्ल्ड च्याम्पियनशीप र एकपटक एशियन गेम्स पनि खेलिसकेका एलेक्जेण्डर हाल अमेरिकामा बसोवास गर्दै आएका छन्।

    उनी सिधै अमेरिकाबाट ओलम्पिकमा भाग लिन पेरिस पुगेका थिए। यसअघि पौडी खेलाडी डुवाना पनि हिट्सबाट नै बाहिरिएकी थिइन्। एलेक्जेण्डर बाहिरिसँगै नेपालबाट सहभागी सातमध्ये ६ खेलाडी पहिलो चरणबाट बाहिरिएका छन्।

    टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा र ब्याडमिण्टनका प्रिन्स दाहाल पनि पहिलो चरणबाटै बाहिरिसकेका छन्। प्रिन्सले भने समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ।

    अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा मात्र बाँकी छ। उनले म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन्। उनी आज पेरिस प्रस्थान गरेकी छिन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij