दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले विद्युतीय कारोबारसम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ ।

    जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो ।

    प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरेको थियो ।

    प्रसाईंमाथि युट्युबमार्फत सांसद खतिवडाविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लागेको थियो । उनले खतिवडाले छोराको शवसँग सांसद पद साटेको भन्दै अभिव्यक्ति दिएको आरोपमा उनीविरुद्ध मुद्दा चलाइएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij