केरलको पहिरोमा एक नेपालीसहित ३६ जनाको मृत्यु

केरलको पहिरोमा एक नेपालीसहित ३६ जनाको मृत्यु

मंगलवार, श्रावण १५ २०८१
मंगलवार, श्रावण १५ २०८१
  • केरलको पहिरोमा एक नेपालीसहित ३६ जनाको मृत्यु

    काठमाडौं । भारतको केरलमा पहिरो जाँदा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको छ। मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

    थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक बालकको मृत्यु भएको हो । केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा उद्धारको काम अघि बढाएको छ । 

    केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ। केरल राज्य विपद व्यवस्थापन, सेना लगायत विभिन्न उद्धारकर्मीको टोली पनि खटिएको छ।  यसबारे विस्तृत विवरण भने आइसकेको छैन।

    प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्। पहिरोले वायानडको मुनदकाई, चुरालमाला, अटामाला र नुलपुझा गाउँहरूमा धेरै क्षति पुगेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij