नेपाल आइपुगिन् मिस माल्टा

नेपाल आइपुगिन् मिस माल्टा

सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • नेपाल आइपुगिन् मिस माल्टा

    काठमाडौं । मिस माल्टा चेरिस स्पिटेरी नेपाल आइपुगेकी छन्। उनी सोमबार बिहान टर्सिस एयरलाइन्सको विमानमार्फत काठमाडौं ओर्लिएकी हुन्।

    उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्टन बोर्डलगायतको टोलीले स्वागत गरेको छ। उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गरियो । नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थासँग मिलेर सामाजिक कार्य गर्नेछ। यस्तै उनीहरू मिस नेपालको ‘ग्राण्ड फिनाले’मा पनि सहभागी हुने जनाइएको छ । 

    यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै डकुमेन्ट्री पनि निर्माण गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता सोम सापकोटाले जानकारी दिए। टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा माल्टा फर्किनेछ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij