काठमाडौँ उपत्यकामा पोलियोविरुद्ध खोप अभियान

काठमाडौँ उपत्यकामा पोलियोविरुद्ध खोप अभियान

बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • काठमाडौँ उपत्यकामा पोलियोविरुद्ध खोप अभियान

    काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए । 

    शाखाप्रमुख गौतमका अनुसार जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई  स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपिभी’ खोप खुवाउने छन् ।  अभियान  १२ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाइने उनले बताए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij