महिला एशिया कप टी–२० क्रिकेट : नेपालले आज भारतसँग खेल्दै

महिला एशिया कप टी–२० क्रिकेट : नेपालले आज भारतसँग खेल्दै

मंगलवार, श्रावण ८ २०८१
मंगलवार, श्रावण ८ २०८१
  • महिला एशिया कप टी–२० क्रिकेट : नेपालले आज भारतसँग खेल्दै

    काठमाडौं । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे श्रीलङ्काको दाम्बुला मैदानमा शुरु हुनेछ ।

    पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको थियो । सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेलमा भारतलाई जित्नुपर्ने हुन्छ । समूह ‘ए’ मा नेपाल र पाकिस्तानको समान २–२ अङ्क छ । भारतले २ खेल जितिसकेको छ । यूएई २ खेलमा पराजित भएको छ ।

    नेपालको खेल अघि समूह चरणको अन्तिम खेलमा पाकिस्तान र यूएई सवा २ बजे खेल्दैछन् । यो खेलमा पाकिस्तानले हारेमा र नेपाल भारतसँग पराजित भएको अवस्थामा नेपाल, पाकिस्तान र यूएईमध्ये नेट रनरेटमा अगाडि हुने टोलीले सेमिफाइनल खेल्नेछ । पहिलो खेलमा नेपालले यूएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij