२०३० मा हुने महिला टी–२० विश्वकपमा १६ टिम सहभागी हुने

२०३० मा हुने महिला टी–२० विश्वकपमा १६ टिम सहभागी हुने

सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • २०३० मा हुने महिला टी–२० विश्वकपमा १६ टिम सहभागी हुने

    काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट २०३० मा १६ वटा टिम सहभागी हुन पाउने भएका छन् । आईसीसी बोर्डले महिला टी–२० विश्वकप २०३० मा १६ वटा टिमलाई सहभागी गराउने पुष्टि गरेको हो ।

    पुरुष र महिला खेलबीच समानताको प्रतिबद्धता स्वरूप टिमको सङ्ख्या बढाएर १६ वटा पुर्‍याएकाे आईसीसीले जनाएको छ । गएको जुनमा भएको पुरुष टी–२० विश्वकपमा २० वटा टिम सहभागी थिए ।

    सन् २००९ देखि शुरु भएको महिला टी–२० विश्वकपमा आईसीसीले टिमको सङ्ख्या बढाउँदै लगेको छ । सन् २००९ देखि २०१६ सम्म १० वटा टिम रहेकोमा आईसीसीले सन् २०२६ मा हुने महिला टी–२० विश्वकपमा टिमको सङ्ख्या १२ पुर्‍याएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij