अमेरिकी राष्ट्रपति दौडबाट बाहिरिए बाइडेन, कमला ह्यारिसलाई समर्थन गर्ने

अमेरिकी राष्ट्रपति दौडबाट बाहिरिए बाइडेन, कमला ह्यारिसलाई समर्थन गर्ने

सोमवार, श्रावण ७ २०८१
सोमवार, श्रावण ७ २०८१
  • अमेरिकी राष्ट्रपति दौडबाट बाहिरिए बाइडेन, कमला ह्यारिसलाई समर्थन गर्ने

    काठमाडौं । आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार आफ्नो उमेदवारीबाट पछि हटेका छन् ।

    उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन् ।

    बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन् ।

    उमेदवारीबाट पछि हटेसँगै पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उमेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij