महिला एसिया कप : आज पाकिस्तानसँग भिड्दै नेपाल

महिला एसिया कप : आज पाकिस्तानसँग भिड्दै नेपाल

आइतवार, श्रावण ६ २०८१
आइतवार, श्रावण ६ २०८१
  • महिला एसिया कप : आज पाकिस्तानसँग भिड्दै नेपाल

    काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ।

    आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार साँझ सवा ७ मा सुरु हुनेछ।  नेपालको पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीसँग टी-२० आई मान्यता प्राप्त खेल भने पहिलो पटक खेल्न लागेको हो।

    सन् २०१६ को एसिया कपमा नेपाल र पाकिस्तानबीच खेल भएको थियो। तर, सो समयमा नेपाली टोलीले आईसीसीबाट टी-२० आई मान्यता प्राप्त नगरेको भएर खेल टी-२० मान्यताको मात्र भएको थियो।

    २०१८ पछि आईसीसीले हरेक सदस्य राष्ट्रबीचको टी-२० खेलले अन्तर्राष्ट्रिय मान्यता पाउने नियम बनाएपछि नेपालका हरेक खेल अन्तराष्ट्रिय मान्यताका हुदै आएका छन्।

    २०२४ को नवौं संस्करणको एसिया कपको पहिलो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको छ। पाकिस्तान भने भारतसँग सात विकेटले पराजित भएको थियो। यो खेल नेपाली महिला क्रिकेट टिमको पहिलो रात्रिकालिन क्रिकेट पनि हुनेछ।

    नेपालले आजको खेल जिते सेमिफाइनल सम्भावनालाई बलियो बनाउने छ। आजै हुने अर्को खेलमा यूएईको महिला टोली र भारतीय महिला टोली भिड्ने छन्। समूह एमा रहेका यी चार टोलीमा भारत एक खेल जितेर तालिकाको शीर्ग स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij