काठमाडौं । एसीसी महिला एसिया कपमा नेपाललाई यूएईले ११६ रनको लक्ष्य दिएको छ । श्रीलंकाको दाम्बुला क्रिकेट रंगशालामा जारी खेलमा यूएईले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ११५ रन बनाएको हो ।
यूएईका लागि खुसी शर्माले ३६ रनमा अविजत रहँदा कविशा इगोडागेले भने २२ रन बनाइन् ।
नेपालका लागि इन्दु बर्माले ३ तथा कविता जोशी, सबनम राई र कृतिका मरासिनीले १–१ विकेट लिए ।
टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय लिएसँगै यूएई ब्याटिङमा उत्रिएको हो ।