महिला एशिया कप आजदेखि श्रीलङ्कामा शुरु, उद्घाटन खेलमा नेपाल र यूएई खेल्दै

महिला एशिया कप आजदेखि श्रीलङ्कामा शुरु, उद्घाटन खेलमा नेपाल र यूएई खेल्दै

शुक्रवार, श्रावण ४ २०८१
शुक्रवार, श्रावण ४ २०८१
  • महिला एशिया कप आजदेखि श्रीलङ्कामा शुरु, उद्घाटन खेलमा नेपाल र यूएई खेल्दै

    काठमाडौं । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उद्घाटन खेलमा भोलि नेपाल र यूएई खेल्दैछन् । नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । आज नै यो खेलपछि भारत र पाकिस्तान खेल्दैछन् ।

    नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

    यसअघि फाइनलमा पुग्ने दुई वटा टोलीले एशिया कप खेल्न पाउने भए पनि पछि एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेमिफाइनल खेल्ने टोलीलाई पनि समावेश गर्ने निर्णय गरेपछि नेपाल र थाइल्यान्डले पनि अवसर पाएका हुन् । एशिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

    आजदेखि शुरु हुने प्रतियोगिताको फाइनल खेल यही जुलाई २८ मा हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij