उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका कप २०२४ को फाइनल प्रवेश

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका कप २०२४ को फाइनल प्रवेश

बिहिवार, आषाढ २७ २०८१
बिहिवार, आषाढ २७ २०८१
  • उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका कप २०२४ को फाइनल प्रवेश

    काठमाडौं । कोलम्बिया कोपा अमेरिका कप २०२४ को फाइनल प्रवेश गरेको छ । अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा आज (बिहिवार) बिहान सम्पन्न सेमिफाइनलमा कोलम्बिया १५ पटकको च्याम्पियन उरुग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको हो ।

    पहिलो हाफको ३९औँ मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई उपाधि नजिक पु¥याउन पर्याप्त बन्यो ।

    पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि निकै आक्रामक खेल खेलेको उरुग्वेले गोल गर्न सकेन ।

    कोलम्बियाले पानामालाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ । कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको छ ।

    कोलम्बियाले उपाधिका लागि १५ पटकको विजेता अर्जेन्टिनाको सामना गर्नेछ । साविक विजेता अर्जेन्टिना क्यानाडालाई २–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । फाइनल आइतवार बिहान हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij