कैलाली । कैलालीमा डेङ्गीका बिरामी बढेका छन् । गत वर्ष ४ सय ५५ जना डेङ्गी सङ्क्रमित भएको जिल्लामा यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।
टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार गत वर्ष धनगढीमा एक सय ७३, लम्कीचुहामा एक सय १३, बर्दगोरियामा ७२, टीकापुरमा ४० ,जानकीका चार, भजनीका पाँच र जोशीपुरमा छ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो ।
डेङ्गीको उच्च जोखिममा रहेका १० जिल्लामध्ये कैलाली नवौँ स्थानमा पर्छ । गत वर्ष कैलालीमा डेङ्गीबाट तीन जनाको मृत्यु भएको थियो । स्थानीय पालिकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट अभियान, सरसफाइ, जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार जस्ता कार्य गर्दै आएका छन् ।
टीकापुर अस्पतालका जनरल मेडिसिन दिलीपकुमार शाहले रोग लाग्नबाट बच्नु नै उत्तम उपाय भएको बताउँदै डेङ्गी मानिसलाई पटकपटक भएमा जोखिम हुने बताए । डेङ्गीसँगै कैलालीमा स्क्रफ टाइफसको पनि जोखिम पनि बढ्दै गएको छ । यस वर्ष जिल्लामा स्क्रफटाइफस सात सय ३७ जनामा देखिएको छ ।