युरो कप २०२४ : नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्याण्ड फाइनलमा

युरो कप २०२४ : नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्याण्ड फाइनलमा

बिहिवार, आषाढ २७ २०८१
बिहिवार, आषाढ २७ २०८१
  • युरो कप २०२४ : नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्याण्ड फाइनलमा

    काठमाडौं । इङ्ल्याण्ड युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । आज बिहान डर्टमुण्डमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले नेदरल्याण्ड्सलाई २-१ गोलले पराजित गर्दै आफ्नो फाइनल यात्रा पक्का गरेको हो ।

    जाभी सिमोन्सले सातौं मिनेटमै नेदरल्याण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए । इंग्लिश मिडफिल्डर डेकलान राइसको खुट्टाबाट बल खोसेर बक्सको छेउबाट शक्तिशाली प्रहारमा गोल गर्दै सिमोन्सले डच टोलीलाई अग्रता दिलाएका थिए ।

    इङ्ल्यान्डले १८औं मिनेटमा पेनाल्टीमार्फत खेलमा बराबरी गर्यो । डेन्जेल डम्फ्रिजले ह्यारी केन माथि बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गर्दै खेल बराबरी गरेका थिए ।

    तर खेलको अन्तिम समयमा गोल गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान पक्का गर्यो । ८१औं मिनेटमा मैदान प्रवेश गरेका दुई खेलाडीले गोलमा महत्वपूर्ण भूमिका खेले । कोल पालमरको पासमा ओली वाटकिन्सले उत्कृष्ट फिनिश गर्दै इङ्ल्यान्डलाई जित दिलाएका थिए ।

    इङ्ल्यान्डले अब उपाधिका लागि स्पेन विरुद्ध खेल्नेछ । स्पेनले गएराती सम्पन्न पहिलो सेमीफाइनलमा फ्रान्स विरुद्ध २-१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij