फ्रान्सलाई पराजित गर्दै स्पेन युरोकपको फाइनलमा

फ्रान्सलाई पराजित गर्दै स्पेन युरोकपको फाइनलमा

बुधवार, आषाढ २६ २०८१
बुधवार, आषाढ २६ २०८१
  • फ्रान्सलाई पराजित गर्दै स्पेन युरोकपको फाइनलमा

    काठमाडों । १६ वर्षीय लामिन यमलको उत्कृष्ट गोलमा स्पेनले युरोकपको फाइनलमा स्थान बनाएको छ।  युरोपियन च्याम्पियनसिप फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

    रोमाञ्चक खेलमा सुरुवाती अग्रताका लिएको फ्रान्स विरुद्ध सानदार पुनरागमन गर्दै स्पेनले खेल २-१ ले आफ्नो पक्षमा पार्‍यो। फ्रान्सले खेल सुरु भएको नवौं मिनेटमै अग्रता लिएको थियो। फ्रान्सका लागि केलियन एमबाप्पेको क्रसलाई रन्डल कोलो मुएनीले आकर्षक हेड गर्दै टिमलाई अग्रता दिलाए।

    तर पहिलो हाफमै खेलमा फर्कने क्रममा २१ औं मिनेटमा यमलको गोलमार्फत स्पेनले खेल बराबरीमा ल्यायो। डिबक्सबाहिरबाट उनले गरेको उत्कृष्ट ‘लेफ्ट फुटेड’ सट पोलमा लाग्दै गोलमा परिणत भएको थियो। यो गोलसँगै उनी युरोपियन च्याम्पियनसिपमा सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन्। उनले १६ वर्षको उमेरमै गोल गरेका हुन्।

    त्यसको चारमिनेटपछिनै स्पेनले अग्रता दोब्बर बनायो। डेनी ओलमोसले स्पेनलाई अग्रता दिलाए। उक्त अग्रतानै फ्रान्सलाई फाइनल पुग्न पर्याप्त बन्यो। त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन्। केही गोलका अवसर बनाएपनि फ्रान्स र स्पेनले दोस्रो हाफमा गोल गर्न नसक्दा पहिलो हाफको २-१ गोलनै खेलका लागि निर्णायक बन्यो।

    अब स्पेनले उपाधिका लागि इंग्ल्यान्ड र नेदरल्यान्ड्स बिचको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्ने छ। इंग्ल्यान्ड र नेदरल्यान्ड्सबिचको दोस्रो सेमिफाइनल बुधबार मध्यराति हुने छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij