काठमाडौं । सरकारले संक्रामकको सूचीमा ५२ रोगलाई राजपत्रमा सूचीकृत गरेको छ । सरकारले आइतबार राजपत्रमा प्रकाशित गर्दै उक्त रोगहरु सूचीकृत गरेको हो।
जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ का आधारमा संक्रामक रोगको सूची तयार पारिएको जनाइएको छ ।
उक्त सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, डेंगु , जापनिज इन्सेफलाइटिस, हैजा, धनुष्टङकार, एचआईभी एड्स, इन्फ्न्लुएन्जा, जुनोटिक र सिजनल, स्क्रब टाइफस, म्यादे ज्वरो, कालाजार, रोटा भाइरस, हाडे, टोक्सोप्लाज्मोसिस, ट्रकोमा, इबोला भाइरस रहेका छन् ।
त्यस्तै, हात्तीपाइले, साल्मोनेलोसिस, क्रिमियन काङगो हेमोरेजिक, मारबर्ग भाइरल डिजिज्, सार्स, कमलपित्त ए, एमईआरएस, प्लेग, लिजियोनेलोसिस, इचिनोकोकोसिस, भ्यागुते रोग, निमोकोकल निमोनिया, कमलपित्त बी, औलो ज्वरो, एच इन्फ्लुएन्जा, ब्रिसेलोसिस, कुष्टरोग, लहरे खोकी, कमलपित्त सी, निपाह भाइरस इन्फेक्सन एमपक्स, बिफर, येल्लो फिवर, कमलपित्त इ, सिटिस्टसकोसिस, चिननगुनिया, जिका, क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवर रहेका छन् ।