पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा

पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा

शनिवार, आषाढ २२ २०८१
शनिवार, आषाढ २२ २०८१
  • पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा

    काठमाडौं । पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै फ्रान्स युरो २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भल्क्सपार्क स्टाडियोनमा भएको खेलमा फ्रान्सले टाइब्रेकरमा ५–३ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

    पेनाल्टीमा फ्रान्सबाट प्रहारका लागि आएका पाँचजना खेलाडी नै गोल गर्न सफल बने । फ्रान्सका ओस्मान डेम्बेले, युसुफ फोफाना, जुलेस काउन्डे, ब्राड्ली बार्कोला र थियो हर्नान्डेजले गोल गरे ।

    पोर्चुगलबाट प्रहारका लागि आएका चारमध्ये तीन खेलाडीमात्र गोल गर्न सफल बने । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, बर्नार्डो सिल्भा र नुनो मेन्डिसको प्रहारले जाली चुमे पनि जाओ फेलिक्स भने पेनाल्टीमा चुके । उनको प्रहार पोस्टमा लागेर फर्किएपछि फ्रान्सले टाइब्रेकरमा एक गोलको अग्रता बनाएको थियो ।

    त्यसअघि खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा समाप्त भएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । 

    जितसँगै फ्रान्सले सन् २०१६ पछि युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । यसअघि २०१६ को संस्करणमा फाइनलसम्मको यात्रा तय गरे पनि पोर्चुगलसँग नै पराजित भएपछि फ्रान्स उपविजेतामा सीमित बनेको थियो । 

    फाइनल प्रवेशका लागि अब फ्रान्सले स्पेनसँग खेल्नेछ । यसअघि स्पेनले पहिलो क्वार्टरफाइनलमा जर्मनलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij