आफ्नै प्रयासमा सेवा थप्दै जिल्ला आयुर्वेद, बीरगञ्जपछि भक्तपुरमा अग्नीकर्म सेवा शुरु

आफ्नै प्रयासमा सेवा थप्दै जिल्ला आयुर्वेद, बीरगञ्जपछि भक्तपुरमा अग्नीकर्म सेवा शुरु

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • आफ्नै प्रयासमा सेवा थप्दै जिल्ला आयुर्वेद, बीरगञ्जपछि भक्तपुरमा अग्नीकर्म सेवा शुरु

    भक्तपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले आफ्नै पहल र प्रयासमा नयाँ नयाँ सेवा दिन थालेको छ । सोहि क्रममा नेपालको बीरगञ्जमा मात्र भएको अग्नीकर्म सेवा भक्तपुरमा शुरु गरिएको छ । केन्द्रका प्रमुख डा. नरेन्द्र प्रसाद गिरीका अनुसार, केन्द्रका स्वास्थ्यकर्मीलाई पर्साको विरगञ्जमा पठाएर १५ दिनको प्रशिक्षण पश्चात  सो सेवा शुरु गरिएको हो ।

    अग्नीकर्म सेवा विशेषगरी हाडजोर्नी, नशा सम्बन्धी दुखाईको लागि लाभदायक रहेको बताउँदैं सुन, चाँदी र पञ्चधातुको सियो तताएर दुखेको स्थानमा खोपेर उपचार गरिने डा. गिरीको भनाई छ । मुलुकभरनै एक स्थानमा रहेको सो सेवा कुनै आर्थिक व्ययभार नथपिने गरी सञ्चालनका ल्याएको डा. गिरीले बताए । डा गिरीका अनुसार जिल्लामै गुणस्तीय आयुर्वेदीक उपचार पद्धती सञ्चालनमा आएपछि पछिल्लो समय उपचारका लागि आउँने बिरामीको संख्यामा समेत बढोत्तरी भएको छ ।

    त्यसै क्रममा चालु आर्थिक वर्षको ६ महिनामा ७ हजार ३ सय ७४ महिलासहित १२ हजार ३ सय ८५ जनाले बहिरंग सेवा लिएका छन् । त्यसैगरी एक हजार १ सय ५६ महिलासहित एक हजार  सात ७६ जनाले पूर्वकर्म सेवा लिएका छन् । केन्द्रमा एक हजार २ सय ९८ महिलासहित दुुई हजार १ सय ४५ अकुपंचर सेवा लिएका छन्भने सात हजार ७ सय २६ जनाले प्याथोलोजी ल्याव सेव लिएको डा गिरीले बताए । 

     सम्पुुर्ण सेवा निःशुुल्क रुपमा उपलव्ध गराइराखेको बताउँदै डा. गिरीले केन्द्रले औषधी वितरण, ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमा, योग, स्वस्थ जीवन प्रवर्धन, मूख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रमलगायतका सेवामा समेत गरी चालु आवको पहिलो ६ महिनामा ४२ हजार ८ सय २८ जनालाई सेवा प्रदान गरिएको जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij