विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रियबाट सन्यास

विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रियबाट सन्यास

आइतवार, आषाढ १६ २०८१
आइतवार, आषाढ १६ २०८१
  • विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रियबाट सन्यास

    काठमाडौं । भारतीय ब्याटर एवं पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । शनिबार राति वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको विश्वकपको फाइनल खेल लगत्तै उनले सो घोषणा गरेका हुन् । 

    कोहली प्लेयर अफ दी म्याच पनि घोषित भए । दक्षिण अफ्रिकाविरुद्धको खेलमा कोहलीले सर्वाधिक ७६ रनको योगदान दिए। 

    कोहलीले टी–२० क्रिकेटमा भारतका लागि १ सय २५ वटा खेल खेल्दै ४ हजार १ सय ८८ रन जोडेका छन्  । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij