दक्षिण अफ्रिका पहिलो पटक टी २० विश्वकपको फाइनलमा

दक्षिण अफ्रिका पहिलो पटक टी २० विश्वकपको फाइनलमा

बिहिवार, आषाढ १३ २०८१
बिहिवार, आषाढ १३ २०८१
  • दक्षिण अफ्रिका पहिलो पटक टी २० विश्वकपको फाइनलमा

    काठमाडौं । दक्षिण अफ्रिका पहिलो पटक टी२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहिवार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिकाले फाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिका यसअघि एकदिवसीयमा पाँच र टी२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो ।

    ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे ।

    ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि माक्ररम र रिजाले ४३ बलमा ५५ रनको साझेदारी गर्दै फाइनलमा स्थान पक्का गराए ।

    त्यसअघि बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमा अल आउट भएको थियो । अफगानिस्तानका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदीन नैबले ९, राशिद खान र करिम जन्नतले ८–८ रन बनाए ।

    दक्षिण अफ्रिकाको जितमा तीव्र गतिका बलर मार्को यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १.५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । दोस्रो सेमिफाइनलमा आज राती इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij