डेढ दशकअघि उन्मुलन भएपनि वार्षिक तीन हजार कुष्ठरोगी थपिंदै

डेढ दशकअघि उन्मुलन भएपनि वार्षिक तीन हजार कुष्ठरोगी थपिंदै

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • डेढ दशकअघि उन्मुलन भएपनि वार्षिक तीन हजार कुष्ठरोगी थपिंदै

    काठमाडौं । विश्व कुष्ठरोग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ। कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो। 

    नेपालमा सन् २०१० मै कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेको सरकारी तथ्यांक छ। कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने रोग हो । यो रोगले खास गरेर छाला र नसामा असर गर्ने गर्छ ।

    चिकित्सकहरुका अनुसार, कुष्ठरोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने र बिस्तारै मांसपेशी कमजोर बनाइदिन्छ। ​कुष्ठरोगको समयमै उपचार हुन नसके रोगीहरू अपांग हुनेदेखि  ज्यान समेत जाने जोखिम रहने भएकाले समयमै जाँचगरी उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij