लेबनानमा हुने महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा, को–को परे ?

लेबनानमा हुने महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा, को–को परे ?

बुधवार, आषाढ १२ २०८१
बुधवार, आषाढ १२ २०८१
  • लेबनानमा हुने महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा, को–को परे ?

    काठमाडौं । लेबनानमा हुने सेडार महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रतियोगिताका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आज २२ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

    प्रतियोगितामा आयोजक लेबनानसहित नेपाल, जोर्डन, र बङ्गलादेश छन् । सेडार महिला फुटबल प्रतियोगिता आउँदो जुलाई ८ देखि १६ तारिखसम्म हुनेछ । सबै देशले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

    नेपालले पहिलो खेलमा जुलाई १० मा जोर्डनसँग, जुलाई १३ मा बङ्गलादेशसँग र जुलाई १६ मा घरेलु टोली लेबनानसँग खेल्नेछ ।

    नेपाली टिम

    गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ

    रक्षक : अमृता जैसी, गीता राना, हिराकुमारी भुजेल, विमला बिक, निशा थोकर, पूजा राना, समीक्षा घिमिरे

    मिडफिल्डर : रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता रानामगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की, विमला चौधरी

    फरवार्ड : सावित्रा भण्डारी, रेखा पौडेल र रश्मिकुमारी घिसिङ

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij