भक्तपुर । समाज डेन्टल हस्पिटलले भक्तपुरको कौशलटारमा शाखा बिस्तार गरेको छ । समाजले आफ्नो ९ औं शाखा शनिवार कौशलटारमा खोलेको हो। दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २४ औं वार्षिक उत्सवको अवसरमा भक्तपुरवासीलाई सर्वसुलभ दन्त सेवा दिने हेतुले कौशलटारमा शाखा विस्तार गरेको जनाएको छ ।
शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी मध्यपुर थिमी नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णहरि आचार्यले सो सेवाको उद्घाटन गरे। हस्पिटलका प्रबन्धक सविन घिमिरेका अनुसार, उद्घाटनका दिन सम्पूर्ण सेवाहरूमा ५० प्रतिशत छुट दिइएको थियो भने माघ महिनाभरि उपचारका लागि आउँनेहरुलाई १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
हस्पिटलले यसअघि काठमाडौंको नयाँ बानेश्वर, सनसिटी पेप्सिकोला, बसुन्धरा, बौद्ध जोरपाटी र सीतापाइलामा सेवा दिइरहेको थियो । त्यसैगरी ललितपुरको जावलाखेल, भक्तपुर, राधेराधे तथा काभ्रेको बनेपाबाट समेत सेवा दिदै आएको प्रबन्धक घिमिरेले बताए ।