नेपालका ३ खेलाडीले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

नेपालका ३ खेलाडीले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

शनिवार, आषाढ ८ २०८१
शनिवार, आषाढ ८ २०८१
  • नेपालका ३ खेलाडीले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

    काठमाडाैं । नेपाली तीन खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन् । नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् ।

    ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् ।

    नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन् । सन्दीप र दीपेन्द्रले यसअघि नै क्यानडामा लिग खेलिसकेका छन् ।

    ऐरी यूएईको आईएल टी-२० लिगमा पनि रिटेन भएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij