आईसीसी टी–२० अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी छैटौं स्थानमा उक्लिए

आईसीसी टी–२० अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी छैटौं स्थानमा उक्लिए

बुधवार, आषाढ ५ २०८१
बुधवार, आषाढ ५ २०८१
  • आईसीसी टी–२० अलराउन्डर वरियतामा दीपेन्द्रसिंह ऐरी छैटौं स्थानमा उक्लिए

    काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।

    आइसीसीले मंगलबार सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा ऐरीले ३ स्थान सुधार गरेका हुन् । यसअघि उनी नवौं स्थानमा थिए ।

    आइसीसीले जारी गरेको वरियताअनुसार अष्ट्रेलियाका मार्कस स्टोनिस विश्व अलराउन्डर वरियतामा एक स्थान सुधार गर्र्दै पहिलो स्थानमा उक्लिएका छन् ।

    श्रीलंकाका वनिन्दा हसरङगा दोस्रो स्थानमा, बंगलादेशका शकिल अल हसन तेस्रो स्थानमा छन् । चौथो स्थानमा अफगानस्थानका मोहम्मद नाबी रहेका छन् भने पाँचौंमा जिम्बावेका सिकन्दर राजा रहेका छन् ।

    त्यस्तै, नेपालका दीपेन्द्र सिंह ऐरी छैटौं स्थानमा छन्  भने सातौं नम्बरमा भारतका हार्दिक पाण्ड्या, आठौंमा इङ्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अली नवौं स्थानमा छन् । शीर्ष १० मा दक्षिण अफ्रिकाका एडेन मक्रम पनि परेका छन् ।

    नेपालकै कुशल मल्लको भने वरियता एक स्थानले खस्किएको छ । यसअघि ३५औं स्थानमा रहेका कुशल एक स्थान तल झर्दै ३६ औं स्थानमा छन् ।

    कप्तान रोहित पौडेलले ११ स्थान सुधार गर्दै ५५ औं स्थानमा उक्लिएका छन् । यसअघि उत्कृष्ट १०० मा नै नपरेका कुशल भुर्तेल भने यस पटक ४३ स्थान सुधार गर्दै ७० औं स्थानमा आएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij