नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण गरेका तीन वर्षीय बालक नाै दिनमै डिस्चार्ज

नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण गरेका तीन वर्षीय बालक नाै दिनमै डिस्चार्ज

आइतवार, माघ ७ २०८०
आइतवार, माघ ७ २०८०
  • नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण गरेका तीन वर्षीय बालक नाै दिनमै डिस्चार्ज

    भक्तपुर । नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण गरिएका तीन वर्षीय बालक डिस्चार्ज भएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत पुस २७ गते डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पर्साका ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण सफलता पूर्वक गरेको थियो । 

    बालकको अप्रेसनमा ५० जान चिकित्सकको टोलीले १४ घण्टा लगाएको श्रेष्ठले बताए । डा श्रेष्ठको नेतृत्वमा भएका प्रत्यारोपणमा केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारीले सार्वजनिक बिदाका दिन पनि प्रत्यारोपण गरेका हुन् ।

    download (4).jpeg 

    प्रत्यारोपणमा पाटन अस्पतालका बालरोग विशेषज्ञ डा. पुजा अमात्य लगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालमा वरिष्ठ बालरोग विशेषज्ञ डा सुमित अग्रवाल, बालरोग विशेषज्ञ डा वर्षा वर्मा तथा भारतीय चिकित्सकको पनि ससहभागिता रहेको थियो । उनका अनुसार बच्चामा हुने क्यान्सरका कारणले कलेजो फेल भएको हो । 


    बच्चालाई आइतबार ९ दिन र आमालाई ६ दिनमा डिस्चार्ज गरिएको  श्रेष्ठले बताए । केन्द्रका वरिष्ठ प्रशासन सहायक विश्वनाथ पौड्यालका अनुसार १५ देखि २० लाखसम्म रुपैयाँ कलेजो प्रत्यारोपणमा खर्च लाग्ने भए पनि १५ लाख मात्रै अस्पतालले लिएको छ । ती बालकलाई उनकी ३० वर्षीय आमा सिता भट्टले कलेजो दान दिएकी हुन् । प्रत्यारोपित बालकको स्वास्थ्य अवस्था सामान्य रहेको पौड्यालले बताए । 

    अस्पतालको विज्ञप्तिमा भनिएको छ, ‘देशमा कलेजो प्रत्यारोपणको सुरुवात गर्ने यस केन्द्रले सबै भन्दा धेरै मिर्गौला तथा कलेजो प्रत्यारोपण गरेको छ । यस केन्द्रले सुरुको केही वर्ष वार्षिक १ दुई जनाको मात्र कलेजो प्रत्यारोपण गर्दै आएकोमा यो वर्ष १० जनाको सफल कलेजो प्रत्यारोपण गरी सकेको छ भने केन्द्र स्थापनाको ११ वर्ष अवधिमा ११८८ जनाको मिर्गौला र १८ जनाको कलेजो प्रत्यारोपण समेत भई सकेको छ ।’

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij