१० महिनामा १८ प्रतिशतले बढ्यो घरजग्गाको कारोबार, राजस्व संकलन भने घट्यो

१० महिनामा १८ प्रतिशतले बढ्यो घरजग्गाको कारोबार, राजस्व संकलन भने घट्यो

आइतवार, जेठ ६ २०८१
आइतवार, जेठ ६ २०८१
  • १० महिनामा १८ प्रतिशतले बढ्यो घरजग्गाको कारोबार, राजस्व संकलन भने घट्यो

    काठमाडौं । गत आर्थिक वर्षको तुलनामा यसपटक घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो १० महिनाको तुलनामा यसपटक कारोबार १८.१९ प्रतिशतले बढेको हो । कारोबारमा सुधार आएपनि राजस्व संकलन भने घटेको छ । 

    चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल ३ लाख ६३ हजार ७६८ लिखत पारित भएको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको सोही अवधिमा ४ लाख २९ हजार ९५७ लिखत पारित भएका छन् । जुन गत आर्थिक वर्षको तुलनामा १८.१९ प्रतिशतले बढी हो । 

    लिखत पारितको संख्यामा वृद्धि भएतापनि जग्गा कारोबारवापत संकलन हुने राजस्वमा भने घटेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्ममा घरजग्गा कारोबारवापत ३३ अर्ब १२ करोड ७१ लाख रुपैयाँबराबर रकम राजस्व संकलन भएको थियो । सो शिर्षकको राजस्वमा यसपटक करिब ५ करोड रुपैयाँले घटेर ३३ अर्ब ७ करोड ७२ लाख रुपैयाँमा सिमित भएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij