काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला १ लाख ४० हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज घटेर १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य आज प्रतितोला ४ रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।