हालसम्मकै उच्च मूल्यमा पुग्यो सुनको मुल्य, तोलामा कति ?

हालसम्मकै उच्च मूल्यमा पुग्यो सुनको मुल्य, तोलामा कति ?

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • हालसम्मकै उच्च मूल्यमा पुग्यो सुनको मुल्य, तोलामा कति ?

    काठमाडौं । आज सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम राखेको छ । विहीबार छापावाला सुनको मल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यो मूल्य हालसम्मकै उच्च हो।

    बुधबार प्रतितोला १ लाख ३८ हजार ४ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । यसअघि सुनको भाउ प्रतितोला १ लाख ३९ हजार ३ सयको उच्चतम रेकर्ड बनाएको थियो । विहीबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij