पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

    फुङ्लिङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी  पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । 

    समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले  सङ्कलित भेटी  बैंक दाखिला गरिएको बताउनुभयो । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ । गत महिना ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार दुई सय ७२ जना पाथीभरा आएका समितिले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij