आगामी आर्थिक बर्षमा कन्ट्री रेटिङ गर्ने सरकारको घोषणा

आगामी आर्थिक बर्षमा कन्ट्री रेटिङ गर्ने सरकारको घोषणा

मंगलवार, जेठ १ २०८१
मंगलवार, जेठ १ २०८१
  • आगामी आर्थिक बर्षमा कन्ट्री रेटिङ गर्ने सरकारको घोषणा

    काठमाडौं ।  । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कन्ट्री रेटिङ गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष कन्ट्री रेटिङ गर्ने सरकारको घोषणा सार्वजनिक गरेका हुन् ।

    भर्खरै सम्पन्न भएको लगानी सम्मेलन अघि सरकारले कन्ट्री रेटिङ गर्ने जनाएको थियो । तर समयमा हुन सकेन । करिब ४ वर्षदेखि कन्ट्री रेटिङको काम भइरहेको बताइए पनि हालसम्म सम्पन्न भएको छैन ।

    विदेशी लगानीकर्ताहरूले कुनै मुलुकमा लगानी गर्नुअघि त्यो देशको लगानीको वातावरण, कानुनी अवस्था लगायतबारे जानकारी पाउन कन्ट्री रेटिङ अध्ययन गर्ने गर्छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij