तामाकोशी–५ जलविद्युत् निर्माणका लागि चिनियाँ कम्पनीसँग १३ अर्बमा सम्झौता

तामाकोशी–५ जलविद्युत् निर्माणका लागि चिनियाँ कम्पनीसँग १३ अर्बमा सम्झौता

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • तामाकोशी–५ जलविद्युत् निर्माणका लागि चिनियाँ कम्पनीसँग १३ अर्बमा सम्झौता

    काठमाडौं । तामाकोशी–५ जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनसँग ठेक्का सम्झौता भएको छ । ९९.८ मेगावाट क्षमताको तामाकोशी–५ निर्माणका लागि तामाकोशी जलविद्युत् कम्पनी लिमिटेड र सिनो हाइड्रोबीच १२ अर्ब ९९ करोड रुपैयाँमा सिभिलतर्फका कामका लागि ठेक्का सम्झौता भएको हो ।

    तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले आयोजनाको पूर्वतयारीका सबैजसो काम सकिएकाले एक महिनाभित्र काम शुरु हुने जानकारी दिए । आयोजना निर्माण थालेको चार वर्षमा व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहेको छ ।

    यो आयोजना ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यासकेड आयोजना भएका कारण हेडवर्क्स बनाउनु पर्दैन । माथिल्लो तामाकोशीको टेलरेस टनेलबाट निस्कने पानीलाई सिधै तामाकोशी–५ को सुरुङमार्गमा ल्याइनेछ । आयोजनाका लागि ८ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ ।

    आयोजनामा नेपाल विद्युत् प्राधिकरण, तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषले लगानी गर्दैछन् । सञ्चय कोषले मात्रै १३ अर्ब ७४ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । आयोजना निर्माणका लागि कुल २१ अर्ब १४ करोड रुपैयाँ लागत अनुमान छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij