काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।