२३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

२३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाला सुनको मूल्य २३ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ३ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको १ हजार ७ सय ३५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij