काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।