२५ ठूला करदाताले समयमै तिरेनन कर, कुन– कुन परे ?

२५ ठूला करदाताले समयमै तिरेनन कर, कुन– कुन परे ?

सोमवार, बैशाख २४ २०८१
सोमवार, बैशाख २४ २०८१
  • २५ ठूला करदाताले समयमै तिरेनन कर, कुन– कुन परे ?

    काठमाडौं ।  ठूला करदाता कार्यालयले २५ ठूला कम्पनीलाई १५ दिनभित्र कर तिर्न निर्देशन दिएको छ । सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै कार्यालयले कर बक्यौता दाखिला गर्न विभिन्न मितिमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराइएको, कतिपय करदातालाई फोन सम्पर्क गर्दा हुन नसकेको, फर्मको ठेगानामा पत्राचार गर्दा हुलाक कार्यालयबाट करदाता पत्ता नलगी पत्र कुझाउन नसकी फिर्ता आएको र हालसम्म पनि बक्यौता रकम दाखिला नभएको वा कमै दाखिला भएको उल्लेख गरेको छ ।

    ‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्नहुन वा दाखिला गरिसकेको भए सोको प्रमाण पेस गर्न हुन अनुरोध छ,’ सूचनामा भनिएको छ, ‘तोकिएको अवधिभित्र बक्यौता खादिला वा दाखिला गरिसकेको प्रमाण पेस हुन आएमा आयकर ऐन-२०५८ को दफा १०४ देखि १११ सम्म एवम मुल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ (१) दतथा नियमावली, २०५३ को नियम ५२ र ५३ मा उल्लेखित सबै वा कुनै कारबाही गरी बक्यौता असुल उपर गरिने व्यहोरासमेत यसै सूचनाद्धारा जानकारी गराइन्छ ।’

    ७ वटा कम्पनीले आयकर तिरेका छैनन् । ५ वटा कम्पनीले आयकररमूल्य अभिवृद्धि कर दुवै तिरेका छैनन । १३ वटा कम्पनीले मूल्य अभिवृद्धि कर तिरेका छैनन् ।

    कृषि सामाग्री कम्पनी लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, माउण्ट एभरेष्ट ब्रुअरी प्रालि, पेन इडिया इन्फ्रा प्रोजेक्ट्स, हिमाल आइरन एण्ड स्टिल प्रालि, शुभश्री अग्नि सिमेन्ट उद्योग प्रालि, श्री जयन्ती निर्माण सेवा, गण्डकी विकास बैक लिमिटेड, सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, अरनिको आबुखैरेनी सिमेन्ट इन्ड्रस्ट्रिज प्रालि, जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड, सिई कन्ट्रक्सन ले कर तिरेका छैनन् ।

    त्यसै गरी टाइगर्स ब्रुअरी इण्ड्रस्ट्रिज प्रालि, सुबिसु केबल नेट लिमिटेड, इष्टर्न एजेन्सीज प्रालि, सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालि, कसमस सिमेन्ट इन्डस्ट्रिज प्रालि, बतास ब्रदर्श प्रालि,महालक्ष्मी वायर एण्ड बेकल इन्डस्ट्रिज प्रालि, बिशाल सिमेन्ट इन्डस्ट्रिज प्रालि, ग्रीन हिल सिटी, अयोकी सिम्बोल इरेक्टर्स नेपाल प्रालि, शिवशिखर एग्रो प्रालि, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले कर तिरेका छैनन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij