वैशाख ३१ मा ५ वर्ष मुनिका बालबालिकालाई छुट खोप लगाइने

वैशाख ३१ मा ५ वर्ष मुनिका बालबालिकालाई छुट खोप लगाइने

बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • वैशाख ३१ मा ५ वर्ष मुनिका बालबालिकालाई छुट खोप लगाइने

    काठमाडौं । सरकारले वैशाख ३१ गते वृहत्त खोज र खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकाका लागि वृहत्त खोज र खोप अभियान सञ्चालन गर्न लागेको हो।

    मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने बताए । उनका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ । 

    सरकारले रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्ने गर्दछ  । 

    नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्णमात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन । केही जिल्लामा खोप लगाउन छुटेका बच्चाको सङ्ख्या बढ्दै गई दादुरा रुवेलाको महामारीसमेत देखा परेकोले छुटेका बालबालिकालाई खोप दिन थालिएको मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेका खोप लगाउन र छिमेकमा रहेका त्यस्ता बालबालिकालाई पनि खोपकेन्द्रसम्म जाने अवस्था बनाउनका लागि सहयोग गर्न अनुरोधसमेत गरेको छ । 

    पूर्णखोप नलगाउँदासम्म कोही पनि सुरक्षित नहुने भएकोले सबै बालबालिकालाई पूर्णखोप लगाउन आवश्यक रहेको मन्त्रालयको आग्रह छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij