काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा लागेको डढेलो फैलिएपछि कुष्ठरोग अस्पतालमा रहेका ९३ जना बिरामी अन्यत्र सारिएको छ ।
डढेलो फैलिएपछि अस्पताल पनि जोखिममा परेकाले त्यहाँ रहेका ९३ जना बिरामी सारिएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको छ । लेलेतर्फको जंगलको डढेलो फैलिँदै आनन्द वनसम्म आइपुगेको हो ।
आनन्द वन अस्पतालको करिब ७ सय मिटर नजिकै डढेलो आइपुगेको प्रहरीले जनाएको छ । आनन्द वन अस्पतालमा कुष्ठरोगीहरुको उपचार हुने गर्दछ ।