उपचार गरेको चार लाख तिर्न नसक्दा दुर्गाप्रसाद छ महिनादेखि अस्पतालमै

उपचार गरेको चार लाख तिर्न नसक्दा दुर्गाप्रसाद छ महिनादेखि अस्पतालमै

बुधवार, पौष १८ २०८०
बुधवार, पौष १८ २०८०
  • उपचार गरेको चार लाख तिर्न नसक्दा दुर्गाप्रसाद छ महिनादेखि अस्पतालमै
    इलाम । इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा छ महिनादेखि अस्पतालमै बस्न बाध्य हनुभएको छ । चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका शर्माको छ महिनाअघि नै स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि उपचार खर्च तिर्न नसक्दा घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका छन् । 
     
    दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाका अनुसार, छ महिनाअघि नै ठूलोबुबा दुर्गाप्रसादलाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको हो । दुर्गाप्रसादको उपचारका क्रममा सो अस्पतालमा सात लाख १५ हजारको बिल आएको थियो । तीन लाख रुपैयाँ त बुझाए पनि बाँकी चार लाख १५ हजार रुपैयाँ तिर्न नसक्दा दर्úा प्रसाद अस्पतालमै अलपत्र रुपमा बस्नुपरेको छ ।
     
    भतिज गोपालका अनुसार, अस्पतालले छ महिनाअघि नै चार लाख १५ हजार रुपैयाँ बाँकी भएको जनाएको थियो । अहिले त्यो हिसाब–कति पुग्यो थाहा थाहा नभएको उनको भनाई छ । अस्पतालले बारम्बार फोन गरेर लग्न आग्रह गरेपनि सो रकम तिर्न नसक्दा समस्या भएको गोपाल बताउँछन् । 
     
    ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनका अध्यक्ष डा गिरिराज भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताउनुभयो । “दुर्गाप्रसादमा देखिएको रोग सिजिफोर्नियाँ हो”, उहाँले भन्नुभयो, “शत्प्रतिशत निको भएको त होइन तर उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको छ ।” दुर्गाप्रसाद अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने र अरूले भनेको काम गर्नसक्ने भएको जानकारी दिनुभयो । 
     
    दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि उनीमा मानसिक समस्या देखिएकाले विराटनगरमा समेत १७ दिन उपचार गरिएको थियो । विराटनगरमा गरिएको उपचारले समेत निको नभएपछि चितवन लगिएको हो । अहिले चाहिँ आर्थिक अभावमा निको भइसकेको बिरामीलाई अस्पतालबाट निकाल्न नसकिएको गोपाल बताउँछन् ।
     
    इलामको माई नगरपालिका १०, लुम्बाक घर भएका दुर्गाप्रसादलाई २०७७ साल चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका दर्úाप्रसाद घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका थिए । २०७७ साल फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा फेला परेका उनलाई विभिन्न सङ्घसंस्थाको पहलमा २०७७ साल चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको थियो । 
     
    इलामस्थित जिल्ला प्रशासन कार्यालयले दुर्गाप्रसादलाई घर आएपछि नागरिकता प्रदान गरेको थियो । कोशी प्रदेश सरकारले उनको केही उपचार निःशुल्क गरिदिएको थियो । दर्úाप्रसादको घर रहेको माई नगरपालिकाले आर्थिक अवस्था कमजोर भन्दै जीवन सहज बनाउन ५० हजार रुपैयाँ नगद प्रदान गरेको थियो ।  उपचारपछि घर आएका दुर्गाप्रसादमा पुनः सामाजिकीकरणको समस्या दोहोरिएको थियो । लामो समय जेलमा रहेको र यातना पाएका कारण मानसिक रूपमा विक्षिप्त बनेका दुर्गाप्रसादको व्यवहार निकै असहज भएपछि उनलाई उपचारमा लगिएको आफन्तहरु बताउँछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij