काठमाडौंका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् अवरुद्ध हुने

काठमाडौंका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् अवरुद्ध हुने

शनिवार, आश्विन १७ २०८३
शनिवार, आश्विन १७ २०८३
  • काठमाडौंका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् अवरुद्ध हुने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मर्मत सम्भार, भूमिगत केबल चार्जिङ तथा लोड सिफ्टिङका कारण शनिबार र आइतबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।

    शनिबार कमलादी फिडरअन्तर्गतका क्षेत्रमा बिहान ८ बजेदेखि ११ बजेसम्म तथा बबरमहल र त्रिपुरेश्वर फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् बन्द हुनेछ।

    आइतबार त्रिपुरेश्वर फिडरअन्तर्गत टेकु सबस्टेसनदेखि त्रिपुरेश्वर चोकसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तथा थापाथली फिडरअन्तर्गतका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

    निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् सेवा पुनः सञ्चालन गरिने प्राधिकरणले स्पष्ट पारेको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij