कांग्रेस मध्यपुर थिमि नगर सभापतिमा पुनः प्रजापति, को-को भए निर्वाचित ?

कांग्रेस मध्यपुर थिमि नगर सभापतिमा पुनः प्रजापति, को-को भए निर्वाचित ?

शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • कांग्रेस मध्यपुर थिमि नगर सभापतिमा पुनः प्रजापति, को-को भए निर्वाचित ?

    भक्तपुर । नेपाली कांग्रेस मध्यपुर थिमि नगर सभापतिमा हरिदाश प्रजापति भारी मतान्तरसहित निर्वाचित भएका छन् । बिहिवार सम्पन्न निर्वाचनमा अर्का प्रतिस्पर्धी अनिल श्रेष्ठलाई १९५ मतले पछिपार्दै प्रजापति दोश्रो पटक नगर सभापतिमा निर्वाचित भएका हुन् । वियजी प्रजापतिले ३०० मत ल्याउँदा श्रेष्ठले १०५ मतमात्र ल्याए । 

    त्यसैगरी उपसभापतिमा सिताराम कुटु निर्वाचित भएका छन् । कुटुले ३०२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी लछ्मन थापा मगरले ९७ मत मात्र पाए । त्यसैगरी महिला उपसभापतिमा सविता न्यौपाने विजयी भएकी छिन् । न्यौंपानेले २७८ मत पाउँदा उनकी निकटतम प्रतिस्पर्धी इन्दीरा श्रेष्ठले १२० मत ल्याइन । 

    त्यसैगरी सचिवमा बिजय प्रजापती विजयी भएका छन् । प्रजापतीले २९७ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी सुरेश बस्नेतले १०० मत पाए । सहसचिवमा सुविन श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ३१७ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी स्वरुप प्राजापतीले ८२ मत मात्र पाए । 

    त्यस्तै युवा महिला सदस्यमा दिपा वैद्य निर्विरोध निर्वाचित भएकी छिन् भने युवा सदस्यमा बिनोद प्रजापती र सुजन कारंजित निर्वाचित भएका छन् । त्यस्तै दलित खुल्लामा सारेज परियार निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै दलित महिला सदस्यमा लक्ष्मी देउला चुनिएकी छिन् । 

    त्यस्तै वडागत खुल्ला सदस्यमा विकु कुमाल, सरस्वती खड्का, निशान्त दहाल, सुनिता पोखरेल, निर्माण प्रसाद आचार्य, कपिला अधिकारी, इन्द्रमान काँची श्रेष्ठ निर्वाचित भएका छन् । सानोछोरी दाश श्रेष्ठ, बिक्रम प्रजापती, निरा वन, सुनिल श्रेष्ठ, पार्वती सापकोटा, बशन्ती पांडे र बिदुर खत्री क्षेत्री चुनिएको नव निर्वाचित नगर सभापति हरिदाश प्राजतीले बताए ।

    No description available.

    No description available.

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij