पहाडमा गोमनको ‘आतङ्क’, खेतबारी जानेहरू त्रसित

पहाडमा गोमनको ‘आतङ्क’, खेतबारी जानेहरू त्रसित

शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • पहाडमा गोमनको ‘आतङ्क’, खेतबारी जानेहरू त्रसित

    भोजपुर, १९ भदौ । भोजपुरका ग्रामीण भेगमा विषालु गोमन सर्प देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। यसअघि सहजै नदेखिने गोमन पछिल्लो समय गाउँघर, खेतबारी र झाडी क्षेत्रमा समेत देखिन थालेपछि खेतीपातीमा व्यस्त स्थानीयलाई सर्पदंशको जोखिम बढेको हो ।

    स्थानीयका अनुसार पौवादुङमा गाउँपालिका–३ मार्से र अरुण गाउँपालिका–५ याकुको होङरायो क्षेत्रमा पछिल्लो समय गोमन सर्प देखिएका छन् । पौवादुङमा–३ मार्सेका स्थानीय सन्तोष कोइरालाका अनुसार गाउँमै गोमन देखिएपछि स्थानीयमा डर बढेको छ। विशेषगरी खेतीपाती गर्ने तथा घाँसदाउरा गर्न वनजंगल र खेतबारीमा जानेहरू थप सतर्क हुन थालेका छन् ।

    ‘विगतका वर्षमा यस्तो सर्प देखेका थिएनौँ, अहिले हाम्रो गाउँघरमा पनि गोमन देखिन थालेको छ,’ कोइरालाले भने  ‘यसले गाउँघरमा त्रास बढाएको छ।’  उनका अनुसार सर्पसम्बन्धी विशेषज्ञले मार्सेमा फेला परेको सर्प गोमन नै भएको पुष्टि गरेका छन् ।

    खेतीपातीको मौसममा खेतबारी तथा झाडी क्षेत्रमा सर्प देखिन थालेपछि स्थानीयलाई थप सावधानी अपनाउनुपर्ने अवस्था आएको छ । गोमन विषालु सर्प भएकाले यसको टोकाइबाट गम्भीर स्वास्थ्य जोखिम हुनसक्ने भन्दै स्थानीयले ग्रामीण क्षेत्रमा  सर्पदंशसम्बन्धी जनचेतना बढाउन र उपचारको पहुँच सहज बनाउन माग गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij