राहत र पुनःस्थापना थप प्रभावकारी बनाउँन आज सर्वदलीय बैठक

राहत र पुनःस्थापना थप प्रभावकारी बनाउँन आज सर्वदलीय बैठक

मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • राहत र पुनःस्थापना थप प्रभावकारी बनाउँन आज सर्वदलीय बैठक

    काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । 

    बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल हुने बताइएको छ । 

    रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी आएको भोलिपल्ट अर्थात् भदौ ११ गते पनि रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सोहि विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको थियो । सो बैठकबाट देशमा विपद्को दिगो समाधान र पूर्वतयारीका सम्बन्धमा १० बुँदे साझा संकल्प पारित गरिएको थियो ।

     विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार तथा सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न एक संसदीय समिति (उच्चस्तरीय सर्वदलीय संयन्त्र) गठन गर्ने सहमति सर्वदलीय बैठकबाट गरिएको थियो । बिनासकारी बाढीबाट भएको क्षति, उद्धार , राहत र पुनःस्थापनाकार्य थप प्रभावकारी बनाउने उदेश्यले बैठक आयोजना गर्न लागिएको बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij