भोटेकोशी बाढीः पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

भोटेकोशी बाढीः पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • भोटेकोशी बाढीः पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

    काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन सुरु गरेको छ ।

    बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको हो ।

    उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपरेमा महासङ्घले सुवन गिरी (९८५१०८१३८२), श्री श्रेष्ठ(९८५१०९८५३६), दिलबहादुर श्रेष्ठ (९८५१०५०८७९) र नरबहादुर राना (९८४१७७५७५३)लाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij