रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ६१६ पुग्यो,२३०० बढी सम्पर्क विहिन

रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ६१६ पुग्यो,२३०० बढी सम्पर्क विहिन

शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • रसुवा बाढीमा परी मृत्यु हुनेको संख्या ६१६ पुग्यो,२३०० बढी सम्पर्क विहिन

    काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ६१६ पुगेको छ । नेपाल प्रहरीका अनुसार शनिबार बिहानसम्ममा  बिभिन्न जिल्लामा ६१६ जनाको शव फेला परेको छ ।  अझै २३०० बढी सम्पर्क विहिन रहेको बताइएको छ । 

    प्रहरीका अनुसार, चितवनमा २३३, वलपरासी पूर्वमा १५८, गोरखामा ४८, नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको हो । विभिन्न स्थानबाट अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ । त्यसरी उद्धार गरिएकोमा  नुवाकोटबाट १ हजार ६२२, रसुवाबाट ६७६, र धादिङबाट ३ जना रहेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij